+
+

मतदानको पूर्वसन्ध्यामा परिचयपत्र लिन मोरङका मतदाता उत्साहित

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ असार १२ गते १४:४७

१२ असार, विराटनगर । अगामी असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचन प्रयोजनका लागि मोरङमा मतदाता परिचय पत्र वितरण सुरु भएको छ । जिल्लाका विभिन्न ३ सय मतदान स्थलको ६ सय सय ६९ वटा मतदान केन्द्रबाट आइतबारदेखि परिचय पत्र वितरण भइरहेको छ ।

आइतबारदेखि वितरण सुरु गरिएको मतदाता परिचय पत्र असार १३ गतेसम्म वितरण हुने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

मतदाताले परिचय पत्र लिनका लागि परिचय खुल्ने नागरिकता, लाइसेन्स, पासपोर्ट, ०७० सालको संविधान सभाको मतदाता परिचय पत्र, लगायतको परिचयपत्र देखाएर मतदाता परिचय पत्र लिन सक्ने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद संजेलले जानकारी दिए ।

जिल्लाका कुन तहमा कति मतदाता ?

एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका गरी १७ स्थानीय तह रहेको मोरङमा कुल ५ लाख ७४ हजार ५ सय मतदाता रहेका छन् । जसमा २ लाख ५१ हजार ९ सय ९४ पुरुष र २ लाख ८३ हजार ५ महिला रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी विराटनगर महानगरपालिकामा १ लाख १३ हजार ७ सय ६१ मतदाता छन् । जसमा ६० हजार ५ सय ३६ पुरुष र ५३ हजार २ सय २५ महिला मतदाता रहेका छन् ।

जिल्लामा सबैभन्दा कम केराबारी गाउँपालिकामा १७ हजार ९ सय ८९ मतदाता रहेका छन् । ८ नगरपालिकामा सबैभन्दा बढी सुन्दर हरैचामा ५४ हजार ३ सय ७३ जना मतदाता छन् ।

त्यसपछि पथरी शनिश्चरेमा ४० हजार ८ सय ५० जना मतदाता रहेका छन् । उर्लावारी नगरपालिकामा ३५ हजार २ सय ८८ , कटहरी गाउँपालिकामा २१ हजार ४ सय ३० र कानेपोखरी गाउँपालिकामा २५ हजार ५ सय ५६ मतदाता रहेका छन् ।

यता ग्रामथान गाउँपालिकामा २१ हजार ३ सय ६,  जहदा गाउँपालिकामा २१ हजार ४ सय ६७,  धनपालथान गाउँपालिकामा २१ हजार ३ सय २०, बुढीगंगा गाउँपालिकामा २२ हजार ९ सय ५२,र मिक्लाजुङ गाउँपालिकामा १८ हजार १६८ मतदाता रहेका छन् ।

त्यसैगरी बेलवारी नगरपालिकामा ४२ हजार ९ सय ९९, रंगेली नगरपालिकामा ३१ हजार १, रतुवामाई नगरपालिकामा ३६ हजार २ सय ७, लेटाङ नगरपालिकामा २१ हजार ४ सय १९ र सुनवर्षी नगरपालिकामा २८ हजार ९ सय १४ मतदाता छन् ।

विराटनगर महानगरमा मतदाताको अवस्था

विराटनगर महानगरपालिकाको कुल मतदाता संख्या १ लाख १३ हजार ७ सय ६१ रहेको छ । १९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा कुल ६० हजार ५ सय ३६ पुरुष र ५३ हजार २ सय २५ महिला मतदाता छन् ।

महानगरपालिकाको वडा नम्बर १ मा ६ हजार ४४२, २ मा ५ हजार ६६६, ३ मा ९ हजार २४५, ४ मा ८ हजार ४४५, ५ मा ७ हजार ७००, ६ मा ९ हजार ३७, ७ मा ४ हजार ५६९, ८ मा ६ हजार ७०६, ९ मा ५ हजार १९८ मतदाता रहेका छन् ।

त्यस्तै वडा नम्बर १० मा ६ हजार ८८, ११ मा ५ हजार ८३२, १२ खमा ७ हजार ५०८, १३ मा ३ हजार ६८६, १४ मा ५ हजार १८१, १५ मा ७ हजार २९५, १६ मा ३ हजार ५६९, १७ मा ४ हजार ५१७, १८ मा ३ हजार ८१५ र १९ मा ३ हजार १९२ मतदाता छन् । विराटनगरमा १ सय १९ मतदान स्थल कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?