Comments Add Comment

पूर्वी नेपालका विभिन्न स्थानबाट विप्लवका ४३ कार्यकर्ता पक्राउ

१३ असार,विराटनगर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलक्षित विरोधी गतिविधिमा सलग्न ४३ जना विप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उम्मेदवारको घर, सार्वजनिक स्थानमा बम राख्ने, सर्वसाधारणलाई आतंकित पार्ने लगायतका कार्यमा सलग्न विप्लव माओवादीका कार्यकर्तालाई पूर्वी नेपालका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

एक नम्वर प्रदेशअन्तर्गतका १४ जिल्ला अन्तर्गत तराईका तीन जिल्ला मोरङ, सुनसरी, झापा र पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथार, इलाम, तेह्रथुम, धनकुटालगायतका जिल्लावाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पूर्वका विभिन्न स्थानबाट विस्फोटक पदार्थसहित विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरिएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले बताए । भट्टराईका अनुसार स्थानीय तहको दोस्रो चरणको निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका तथा हुन सक्ने आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको होे ।

केही दिनयता मोरङ, सुनसरी, झापा, ताप्लेजुङ, धनकुटा, भोजपुर लगायतका जिल्लामा निर्वाचनविरोधी गतिविधि बढ्दै गएका छन् । सार्वजनिक स्थल एव उम्मेदवारको घर लक्षित गर्दै बम राख्ने घटना अझै बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment