Comments Add Comment

‘प्रेमगीत २’ नायिकालाई डबिङ गर्न किन भयो गाह्रो ?


साउन १३ गतेबाट रिलिज हुने चलचित्र ‘प्रेमगीत २’ अहिले प्रतिक्षित छ । गीतसंगीत, ट्रेलर र नामको ‘ब्रान्ड’का कारण यो चलचित्रलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् ।

यो चलचित्र प्रदर्शनका लागि तयार भएको निर्माणपक्षले बताएको छ । नायिका अश्लेषा ठकुरी र निर्माता सन्तोष सेनको स्वराकंनसँगै चलचित्र प्रदर्शनका लागि तयार भएको हो । नायिका अश्लेषा ठकुरीलाई डबिङका क्रममा त बिचमै छाडेर हिडौ जस्तो पनि लागेको थियो ।

उनले भनिन्-‘जोडले चिच्याउनुपर्ने, जोडले हाास्नुपर्ने, संवेदनमा उत्रनुपर्ने भएकाले पनि विचमै छाडुँ जस्तो लागेको थियो । तर, मैले हिम्मत हारिनँ ।’ यो चलचित्रमा अश्लेषा वर्मेली यूवतीको भूमिकामा छिन् ।

प्रदिप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको यो चलचित्रलाई रामशरठ पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा निर्माता सन्तोष सेन खलपात्रको भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment