१३ असार, बुटवल । बुधबार हुने स्थानीय तहको चुनावमा मतदान गर्ने ९५ प्रतिशत मतदाताले मतदाता परिचय पत्र बुझेका छन् ।
रुपन्देहीमा २ सय ८ मतदान स्थलका ५ सय ४३ वटा केन्द्रबाटै शान्तिपूर्ण रुपमा मतदाता परिचय पत्र वितरण भइरहेको छ ।
मतदाता परिचय पत्र आइतबारदेखि वितरण सुरु गरिएको थियो । आज मतदाता परिचयपत्र नलिएका मतदाताले बुधबार नै मतदाता परिचयपत्र लिएर भोट हाल्न पाउने छन् ।
मतदाताहरुले वेवसाइटमा आफ्नो फोटो सहितको नाम भएपनि बितरण केन्द्रमा भने कार्ड नभेटिएकोले समस्यामा पनि परेको छ ।
बुटवल उपमहानगरपालिकाका १९ वटै वडामा रहेका केन्द्रहरुमा मतदानका लागि तयारी सकिएको छ ।
ती स्थलहरुमा मतहाल्ने स्थल निर्माण,लाइन लाग्ने स्थलको बनावट तथा अन्य आबश्यक काम सकिएको बुटवल उपमहानगरपालिकाका निर्वाचन अधिकृत भरतमणी पाण्डेले बताए ।
बुटवल उपमहानगरमा ६६ हजार ८ सय ४३ मतदाता छन् भने १९ वडा र ७४ वटा मतदान केन्द्र छन् ।
रुपन्देहीमा बुटवल उपमहानगरपालिकासंगै ५ वटा नगरपालिका र १० वटा गाउँपालिका छन् भने ४ लाख ६२ हजार ५ सय ४६ मतदाता छन् ।
जसमध्ये पुरुष २ लाख ४० हजार ४ सय ३०, महिला २ लाख २२ हजार १ सय ११ र ५ जना तेश्रोलिंगी छन् ।
प्रतिक्रिया 4