Comments Add Comment

भोट हालेपछि सभामुखले भनिन्- संविधान कार्यान्वयन गर्दै गणतन्त्र संस्थागत गरौं

१४ असार, रोल्पा । सभामुख ओनसरी घर्तीले संविधानको समयवद्ध कार्यान्वयनका लागि सबै तह र तप्कालाई आ-आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेकी छन् ।

स्थानीय तह चुनावमा सहभागी हुन गृहजिल्ला रोल्पा आएकी उनले बालउदय मावि केन्द्रबाट मतदान गरेपछि स्थानीय सन्चारकर्मीसँग कुरा गर्दै सो आग्रह गरेकी हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशलाई विकासको मार्गमा डोर्‍याउन आफूले स्थानीय तहको निर्वाचनमा मतदान गरेको उनले बताइन् । सभामुख घर्तीले आम नागरिकलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेको प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

सभामुख घर्तीले रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेकी छन् । सोही केन्द्रबाट सभामुख घर्तीका श्रीमान् एवम् माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पनि मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment