Comments Add Comment

भ्याट लगाउने प्रक्रिया के हुने अलमलले कारोबार रोक्यौं : सेयर ब्रोकर

सेयर कारेबार अनिश्चितकाललाई बन्द


१५ असार, काठमाडौं । करिब एक वर्षदेखि सेयर ब्रोकरहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तयारी गरिरहेको आन्तरिक राजस्व कार्यालयले ब्रोकरहरुलाई कमिसनमा भ्याट तिर्न पत्राचार गरेपछि बिहीवार ब्रोकर कम्पनीहरुले सेयर कारोबार स्थगित गरेका छन् ।

‘हामीले कारोबार स्थगित गरेका होइनौं, अहिलेसम्म भ्याट कसरी लगाउने भन्ने प्रक्रिया नै नबनेकोले बिहीवारको कारोबारमा भ्याट लाउन समस्या हुने देखेर कारोबार नगरेका हौं,’ सेयर ब्रोकर नरेन्द्र सिजापतिले भने ।

अहिले ब्रोकर कम्पनीहरु यसबारेमा छलफल गर्न धितोपत्र बोर्ड पुगेका छन् । बिहीवार आन्तरिक राजस्व कार्यालयले दुईवटा ब्रोकर इन्भेष्टमेन्ट म्यानेजमेन्ट र सुन्धारा सेक्युरिटिजलाई २०६९/७० देखिको भ्याट तिर्न पत्राचार गरेका छन् । अन्य ब्रोकर कम्पनीहरुलाई भने भ्याटमा दर्ता हुन पत्राचार गर्ने तयारीमा आन्तरिक राजस्व कार्यालय रहेको छ ।

इन्भेष्टमेन्टले ६० लाख र सुन्धाराले डेढ करोड रुपैयाँ भ्याट तिर्नुपर्ने भन्दै पत्राचार भएको छ । मूल्य अभिवृद्धि कर वापत ब्रोकर कम्पनीहरुले आफ्नो कमिसनको आधारमा १३ प्रतिशत भ्याट तिर्नुपर्ने हुन्छ । ब्रोकरहरुले यो कर ग्राहकहरु (सेयर लगानीकर्ताहरु) मार्फत् उठाउन पाउनु पर्ने माग गर्दै आइरहेका छन् । यसको भएमा सेयर कारोबारको लागत अहिलेकोभन्दा केही बढ्न सक्छ ।

यसअघि पनि लगानीकर्ताले प्रति कारोबार १३ प्रतिशत शुल्क तिर्नुपर्ने भ्रम फैलिएपछि बजार घटेको थियो । लगानीकर्ताहरुमा यसको भार सारिएमा पनि कारोबार लागत १३ प्रतिशतले भने वृद्धि हुदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment