Comments Add Comment

फेरि जुम्ल्याहा बच्चा जन्माउँदै सेलिना जेटली, देखाइन् ठूलो पेट

बलिउड अभिनेत्री सेलिना जेटली फेरि गर्भवती बनेकी छिन् । र, यसपाली पनि उनले जुम्ल्याहा बच्चा नै पाउनेछिन् ।

सेलिनाले हालै इन्स्टाग्राममा आफ्नो ठूलो भूँडी देखाएर फोटो देखिने फोटो सेयर गरिन् । फोटोमा उनले लेखेकी छिन्, ‘यो फोटो मेरो पार्टनर पीटरले क्लिक गरेका हुन् । यसमा मैले कत्ति पनि मेकअप गरेकी छैन ।’

सेलेनाका अहिले पाँच वर्षका दुई जुम्ल्याहा छोरा बिराज हग र विस्टन हग छन् । उनका श्रीमान पिटर हग एक होटल व्यवसायी हुन् । डाक्टरले सेलिनालाई अक्टोबरको डेट दिएका छन् ।

सेलिना आफ्नो परिवारसँग दुबईमा बस्छिन् । डाक्टरले सेलिनाको पेटमा फेरि जुम्ल्याहा बच्चा रहेको बताएपछि श्रीमान-श्रीमती स्तब्ध बनेका थिए ।

यद्यपि एक अन्तरवार्तामा सेलिनाले दोस्रोपटक जुम्ल्याहा बच्चा जन्माउन लागेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘भगवानले ममाथि कृपा गरेर दोस्रोपटक जुम्ल्याहा बच्चाको आमा बनाइरहेका छन् । मेरा श्रीमान पनि औधि खुशी छन् । हामी दुवै मिलेर चार बच्चाहरु हुर्काउनेछौं ।’

सेलिनाले २०११ मा पिटरसँग बिहे गरेपछि बलिउडबाट टाढिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment