Comments Add Comment

पहिलो दिनमै भारती सुटिङ छोडेर हिँडेपछि कपिल शर्मा तनावमा

कपिल शर्माले जब भारती सिंहलाई आफ्नो शोमा समावेश हुनका लागि मनाएका थिए, उनलाई लागेको थियो होला कि शोको गिर्दो टिआरपी अब माथि उठ्नेछ । तर, सुटिङको पहिलो दिन नै उनलाई झट्का लागेको छ ।

भारती पहिलो दिन नै असन्तुष्ट भएर कुनै सुटिङ नगरी सेटबाट हिँडेकी छिन् । उनले आफ्नो इन्ट्री सिनमा असन्तुष्टी जनाएकी थिइन् ।

समाचारअनुसार भारती त्यस दिन बेलुकी ८ बजेसम्म कपिल शर्माको अफिसमा थिइन् र त्यहाँ यही विषयमा छलफल चलिरहेको थियो । भारतीले खुलेर आफ्नो असन्तुष्टी पोखेकी थिइन् ।

भारतीका व्वाइफ्रेन्ड हर्षको सहमतिपछि नै उक्त सिन तय गरिएको बताइन्छ । तर भारतीलाई यो बिलकुल मन परेन र उनले यसलाई पुरै बदल्न चाहिन् । यो कुरा उनले खुलेर कपिल शर्मालाई बताइसकेकी छिन् । अहिले कपिलको शोको टिमले भारतीको इन्ट्रीका लागि नयाँ सिन बनाइरहेका छन् । कपिल पक्कै पनि भारतीलाई चिढ्याउन चाहँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment