Comments Add Comment

खोटाङको ऐंसेलुखर्क गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

१६ असार, खोटाङ । खोटाङको एेंसेलुखर्क गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्ष निर्वाचित कांग्रेसका विश्वनाथ निरौलाले २ हजार १ सय ३१ मत प्राप्त गरेका छन् भने निकटतम पतिद्वन्द्वी एमालेका गृहबहादुर राईलाई १ हजार ७ सय ३५ मत प्राप्त भएको छ ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा निर्वाचित एमालेकी पुष्पकला भुजेलले १ हजार ८ सय ९९ मत प्राप्त गरेकी छन् । पराजित उम्मेदवार कांग्रेसकी शान्तिदेवी राईको १ हजा ८ सय ५६ मत छ ।

खोटाङका १० स्थानीय तहमध्ये हालसम्म २ गाउँपालिकाको गणना सकिँदा कांग्रेस र एमालेले १/१ तह जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment