+
+

‘डी सिने अवार्ड’मा बास्कोटालाई ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १८ गते १२:०१

‘नवौं छाँयाछवि डि सिने अवार्ड’ अन्तर्गत यस वर्षको ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड–२०७४’ बाट संगीतकार÷गायक शम्भुजीत बास्कोटालाई सम्मान गरिने भएको छ । चार दशक भन्दा लामो समयदेखि संगीत श्रृजनामा लागेर चलचित्र सहित सबै प्रकारका नेपाली संगीतको संरक्षण, प्रवद्र्धन र विकासमा योगदान पुर्याएकाले संगीतकार बास्कोटालाई  सम्मानित गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।  बास्कोटाले एक दर्जन भन्दा बढी चलचित्रका कथा लेखेका छन् भने करिब तीन सय चलचित्रमा संगीत दिएका छन् । चार हजार भन्दा बढी गीतका सर्जक बास्कोटा गायक र गीतकार पनि हुन् ।

नेपाल टेलिभजिन र चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष भइसकेका बास्कोटा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत हुन् । यस्तै ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान–२०७३’बाट पुरुषतर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई सम्मानित गरिने भएको छ । यस्तै यो वर्षको ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार–२०७४’बाट पत्रकार लक्ष्मण सुवेदीलाई पुरस्कृत गरिने भएको छ ।

सुवेदीलाई ९ हजार ९ सय ९९ रुपैयाँ र ताम्रपत्रबाट पुरस्कृत गरिने भएको छ । असार २२ गते हेटौडाको ओम्याक्स सिनेमा हलमा अवार्ड आयोजना गरिदैछ । सोही अवार्ड समारोहमा यी पुरस्कार प्रदान गरिने निर्णय गरिएको छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?