Comments Add Comment

भीम रावलको गृहनगर साँफेबगरमा एमालेको जित

१९ असार, अछाम । एमाले उपाध्यक्ष तथा ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलले मतदान गरेको क्षेत्र अछामको साँफेबगर नगरपालिकामा मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

जिल्लाकै प्रमुख व्यापारिक केन्द्र साँफेबगर नगरपालिकामा नेकपा एमालेका प्रदेश नम्बर ७ का प्रदेश संगठन कमिटी सदस्य समेत रहेका कुलबहादुर कुँवर मेयर र एमाले जिल्ला सचिवालय सदस्य बिरमला बुढथापा उपमेयरमा विजयी भएका छन् ।

मेयरमा एमाले उम्मेद्धार कुलबहादुर कुँवर ५८३८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका ध्वज बहादुर कुँवरले ५४१२ मत ल्याए ।

उपमेयरमा पनि नेकपा एमाले नै विजयी भएको छ । उपमेयरमा एमालेका बिरमला बुढथापा ५९८४ मत ल्याई बिजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेेपाली कांग्रेसका रुपा आउजीले ५२६५ मत ल्याइन् ।

माओवादी केन्द्रले भने साँफेबगरमा आफ्नो जमानत जोगाउन सकेन । माओबादी केन्द्रका मेयर खगेन्द्र ओडले ५४९ र उपमेयर बैजन्ती कुँवरले ५६३ मत ल्याए ।

१४ वडा रहेको नगरपालिकामा ७ वडा एमाले र ७ वडा कांग्रेसले जितेका छन् । बडा नम्बर १, २, ३, ५, ७, ११ र १२ नेपाली कांग्रेसले अध्यक्ष सहित जितेको छ भने एमालेले वडा नम्बर ४, ६, ८, ९, १०, १३ र १४ मा अध्यक्ष सहित जीत हाँसिल गरेको छ ।

यससँगै अछामका १० वटै तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले २ नगरपालिका सहित ५, एमाले २ नगरपालिकासहित ३ तहमा र माओवादी केन्द्र २ गाउँपालिकामा विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment