Comments Add Comment

सेयर राफसाफ चक्र घट्ने खबरले नेप्सेमा करिब १० अंकको वृद्धि


२१ असार, काठमाडौं । सेयर कारोबारको राफसाफ प्रक्रिया अवधि घटेपछि बजारमा सकारात्मक प्रभाव परेको छ । नेप्से परिसूचक ९.७८ अंकले बढेर १५५१ बिन्दुमा पुगेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले राफसाफ प्रक्रिया कारोबारपछिको दुई दिन (टी प्लस २) भित्र सक्न निर्देशन दिएपछि बजारमा आशाको सञ्चार भएको हो । राफसाफ प्रक्रिया चाँडो सकिदा लगानीकर्ताले चाँडै पैसा हात पार्ने र थप लगानी गर्न चाहेमा सहज हुने मान्निछ । यसको व्यवहारिक अध्यास कस्तो हुन्छ भन्ने विषयले भने आगामी दिनमा प्रभाव कस्तो पर्ने छ भन्न सकिनेछ ।

यसअघि कारोबार राफसाफ प्रक्रिया (टी प्लस ३) भित्र सक्नुपर्ने व्यवस्था थियो । यसमा केही ढिलाई भने रहेको थियो । तर, अहिले ब्रोकरहरुलाई असार १८ गतेबाट नेट सेटलमेन्टको सुविधा दिइएकोले सेयर बिक्री गर्ने लगानीकर्ताले पनि चाँडै रकम पाउने अपेक्षा गरिएको छ ।

सेयर कारोबारको राफसाफको क्रममा ब्रोकर कम्पनीहरुले पाएको नेट सेटलमेन्ट सुविधापछि अब उसले आफुले सेयर बेच्न दिएको आदेशको रकमभन्दा सेयर किन्न दिएको आदेशको रकम बढि भएमा मात्र राफसाफ बैंकमा जम्मा गर्नुपर्नेछ । बराबर भएमा आफु मार्फत् सेयर बेच्न आदेश दिएका ग्राहकलाई ब्रोकरले सोझै भुक्तानी दिन सक्नेछ ।

बुधवार सेयर कारोबार रकम भने बढ्न सकेको छैन् । यस दिन ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । होटल र उत्पादन मुलक समूहको बाहेक सबै समूहको परिसूचक घटेको छ ।

यस दिन रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य उच्चले (६ प्रतिशत) बढ्यो भने वेष्टर्न डेभलपमेन्ट बैंकको सबैभन्दा धेरैले घट्यो । सानिमा बैंकको सेयर कारोबार (संख्याको आधारमा) उच्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment