Comments Add Comment

मेस्सीसँग नयाँ सम्झौता गर्ने बार्सिलोनाको घोषणा

२१ असार, काठमाडौं । अन्ततः बार्सिलोना लिओनल मेस्सीसँग नयाँ सम्झौताका लागि सहमति जुटाउन सफल भएको छ । उनी अब सन् २०२१ सम्म क्याम्पनाउमै रहनेछन् ।

अर्जेन्टिनी स्टार मेस्सी पि्र-सिजन ट्रेनिङमा फर्किएपछि सम्झौतामा औपचारिक हस्ताक्षर हुनेछ । उनी अहिले विवाहपछि छुट्टी मनाइरहेका छन् ।

बार्सिलोनाले मेस्सीसँग केही पहिले नै सम्झौता गर्न चाहेको थियो । तर, उनले नमानेपछि कतै बार्सिलोना छाड्न खोजेको त होइन भन्ने आशंका जन्माएको थियो ।

३० वषर्ीय मेस्सी १३ वर्षको उमेरमा नै बार्सिलोनामा आवद्ध भएका थिए । २००४ मा डेब्यू गरेका उनले क्लबका लागि ५८३ खेलमा ५०७ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment