+
+

आर्थिक समाचार: अघि बढ्यो माथिल्लो कर्णाली

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २२ गते ६:००

२२ असार, काठमाडौं । बहुचर्चित नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणले अब गति लिने भएको छ । आयोजनाको प्रवद्र्धक जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले आयोजना निर्माणस्थलमा पर्ने निजी जग्गा खरिद प्रकृया सुरु भएको जनाएको छ ।

अघि बढ्यो माथिल्लो कर्णालीलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । कृषि आधुनिकीकरण योजना तयारलाई पनि नागरिकले लेखेको छ । समृद्ध सुदुरपश्चिमको विकास रणनीति तयारलाई पनि नागरिकले लेखेको छ ।

९७ हजार कम्पनि निष्क्रियलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य समाचार बनाएको छ । मल खरिदमा अनियमिततालाई पनि अन्नपूर्णले लेखेको छ । सिल्भर हेरिटेजको विदेशी लगानी स्वीकृतलाई पनि अन्नपूर्णले उल्लेख गरेको छ ।

माथिल्लो कर्णालीको बिजुली बंगलादेशले किन्ने भन्दै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको समाचारलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । नाफाको ४२ प्रतिशत लुफ्थान्सालाई पनि कारोबारले लेखेको छ । ११ महिनामा १ खर्बको पेट्रोलियम आयातलाई उल्लेख गरेको कारोबारले १०७ वित्तिय संस्थाको इजाजत खारेजलाइ पनि लेखेको छ ।

जीवन बीमाकोषमा २४ प्रतिशत थपलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । बाढीले रुदीखोला विद्युत परियोजना क्षतिग्रष्तलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?