Comments Add Comment

३७९ एम्पुल लागुऔषध सहित ३ पक्राउ

२२ असार, काठमाडौं । प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी प्रभाग नागढुंगाले सार्वजनिक बसमा लुकाएर लागुऔषध ल्याउँदै गरेका सर्लाहीको लालबन्दी-७ का १७ वर्षे सोनु कापरलाई पक्राउ गरेकोहो ।

कापरको सहयोगमा कलंकीबाट थप २ जनालाई पक्राउ गरिएको प्रहरी प्रभाग नागढुंगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

पक्राउ पर्ने लालबन्दी-८ घर भएका २२ वर्षे सविन लामा र लालबन्दी-८ कै २१ वर्षे प्रभूराम आले मगर रहेका छन् ।

पक्राउ परेका कापरको साथबाट प्रहरीले १२० एम्पुल डाइजेल्याव, १२० एम्पुल फेनार्गन, नफिर्न १२० एम्पुल र लुपिजेसिक १९ एम्पुल गरी जम्मा ३७९ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक घर्ती मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment