Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः भागबन्डा नमिल्दा सरकार विस्तारमा बिलम्ब

२३ असार, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाहरुले निर्वाचन परिणामको विश्लेषणसँगै अन्य सामग्रीहरु पनि पस्केका छन् । पत्रपत्रिकाहरुले निर्वाचन क्षेत्र बनाउन इच्छा शक्तिको अभाव देखिएको लेखेका छन् । कर्णालीमा रगत अभाव भएको र नेपाली सेनाले बिरामीलाई रगत दिएर बचाइरहेको खबर पनि अाज प्रकाशित पत्रपत्रिकाहरूमा छन्।

सरकार विस्तारमा भइरहेकाे ढिलाइबारे पनि पत्रपत्रिकाहरूले लेखेका छन् ।  मन्त्रालयमा भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भइरहेकाे  पत्रपत्रिकाकाे ठम्याइ छ ।

राष्ट्रिय एकता बलियो बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको आग्रहलाई मुख्य खबर बनाएर छापेको गोरखापत्र दैनिकले प्रदेश सभाको निर्वाचन असोज ३० मा गर्न निर्वाचन आयोगले गरेको प्रस्तावलाई पनि महत्त्वका साथ छापेको छ । गोरखापत्रमा गोहीको सर्वेक्षणमा ड्रोन प्रयाेग भएकोदेखि आईजीपी नियुक्ति विवाद हेर्दाहेर्दैमा राखिएकोसम्मका खबर छन् ।

कान्तिपुर दैनिकले भोजपुरका तीन बालबालिकाको हत्या अझै रहस्यमै रहेको लेखेको छ ।आर्थिक वर्ष सकिन १० दिन बाँकी हुँदा पुँजीगत खर्च ४५ प्रतिशतमात्रै भएको अर्को खबर पनि कान्तिपुरमा छ ।

नयाँ पत्रिका दैनिकले स्थानीय तह चुनावको परिणामबारे दलहरुले गरेको आँकलनबारे सामग्री पस्केको छ भने राजधानीले मन्त्रालयमा भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment