Comments Add Comment

पेट्रोल र डिजेल कार बिक्रीमा रोक लगाउने फ्रान्सको योजना

२३ असार, काठमाडौं । फ्रान्सले सन् २०४० सम्म पेट्रोल र डिजेल कार बिक्रीमा पूर्ण रुपले प्रतिवन्ध लगाउने भएको छ ।

पर्यावरणमन्त्री निकोलस उलोले पेट्रोल र डिजेलबाट चल्ने गाडीमा प्रतिवन्ध लगाउने घोषणालाई पेरिस पर्यावरण सम्झौताप्रति फ्रान्सको नयाँ प्रतिवद्धता भनेका छन् ।

उलो एक वरिष्ठ पर्यावरण अभियन्ता हुन्, उनलाई फ्रान्सका नयाँ राष्ट्रपति एमानुएल माक्रोंले पर्यावरण मन्त्री बनाएका छन् ।

शनका अनुसार फ्रान्सले २०६५० सम्म कार्बन न्यूट्रन बनाउने योजना बनाएको छ ।

फ्रान्सको कार बजारमा हाईब्रिड कारको हिस्सा ३.५ प्रतिशत छ, जसमा विशुद्ध इलेक्ट्रोनिक वाहन १.२ प्रतिशत छ ।

तर, २०४० मा हुने पेट्रोल र डिजेल गाडीहरुलाई के गर्ने भन्ने अझै तय भएको छैन । यद्यपि, आर्थिक रुपमा कमजोर मानिसहरुलाई आफ्नो पुरानो गाडी परिर्वतन गर्न सरकारले आर्थिक सहायता दिने पर्यावरणमन्त्रीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment