Comments Add Comment

सावधान ! तपाईको कलेजोमा बोसो त जमेको छैन ?

कलेजो स्वस्थ्य राख्ने यस्तो छ काइदा


फ्याटी लिभर अर्थात कलेजोमा बोसो जम्नु । धेरैलाई थाहा हुन्न, आफ्नो कलेजोमा बोसो जमेको । खासगरी अस्वस्थ्यकर खानेकुरा सेवन गर्ने, मदिरा पिउने, मोटोपन भएकाहरुको कलेजोमा बोसो जमेको हुन्छ । शरीरको अतिरिक्त बोसो नै कलेजोमा जम्न पुग्छ ।

लिभर सिरोसिसको कारण

कलेजोमा बोसो जमेका २५ प्रतिशत व्यक्तिको लिभर सिरोसिसको कारण मृत्यु हुने गरेको तथ्यांक छ ।

यदि नियमित व्यायाम गरिएन, दिनचर्या सक्रिय भएन, खानपानमा सर्तकता अपनाइएन भने यो रोगको चपेटामा परिन्छ । फ्याटी लिभरको अन्य कारण पनि छन् । जस्तो कि, तौल घटाउने उपचार, केहि किसिमका औषधी, पेटको रोग, एचआइभी आदि । लिभर सिरोसिसको चपेटामा त्यही व्यक्ति पर्छन्, जो अधिक मदिरा सेवन गर्छन् ।

कलेजोमा बोसो जमेपछि खानपान र जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । यदि त्यसो गरिएन भने उक्त रोगले क्रमस हामीलाई थला पार्न सक्छ ।

फ्याटी लिभर भएको अवस्थामा कस्तो खानपान गर्नुपर्छ त ?

मकै

कलेजोसँग सम्बन्धित रोगबाट छुटकारा पाउनका लागि मकै राम्रो विकल्प हो । मकैमा अनसेचुरेटेड फ्याटी एसिडको मात्रा धेरै हुन्छ, त्यसैले शरीरमा फ्याट र कोलोस्टरको मोटाबोलिज्म स्तर बढाइदिन्छ । यसले फ्याटी लिभर हुने खतरा कम हुन्छ ।

सलाद एवं काँचो सब्जी

जो व्यक्ति फ्याटी लिभरले ग्रस्त छन्, उनीहरुले काँचो सब्जीको सेवन बढाउनुपर्छ । यसले गर्दा कलेजोले राम्रो ढंगले काम गर्न सक्छ ।

प्याज

प्याजमा यस्ता यौगिक र पोषक तत्वको मात्रा हुन्छ, जसले कलेजो र रगतको फ्याट कम गर्छ । त्यसैले मुटुको रोगी हुन् वा कलेजोको, दुबैको लागि प्याज फाइदाजनक हुन्छ ।

लसुन

लसुनमा यस्तो क्षमता हुन्छ, जसले शरीरमा उपस्थित खराब कोलोस्टोरको मात्रा कम गर्छ । यसमा रहेको एलीसिन नामक यौपिकले कलेजोमा रहेको बोसो कम गर्छ ।

के नखाने ?

धेरैजसो खानपानकै कारण कलेजोमा बोसो जम्न पुग्छ । त्यसैले यस्ता खानेकुरामा सर्तक हुनुपर्छ, जसले कलेजोमा बोसो बढाउँछ ।

बोसोजन्य मासु- फ्याटी लिभरका रोगीले मासुजन्य बोसोको सेवन पूर्णत बन्द गर्नुपर्छ । यसले कलेजोलाई अतिरिक्त बोझ पर्दैन र कार्यक्षमता बढ्छ । त्यसैले डाइटमा भेटिटेबल आयल, ओलिभ आयलको प्रयोग गरौ ।

कोलोस्टोरले भरपुर खानेकुरा – यसका पीडितले मासु, अन्डा जस्ता खानेकुरा सेवन गर्नु ठीक हुन्न, जसमा कोलोस्टोरको मात्रा बढी हुन्छ । यस्तो खानेकुरामा कटौती गरेपछि स्वत शरीरमा बोसो कम हुन्छ । साथसाथै मधुमेह र उच्च रक्तचापबाट पनि बचाउँछ ।

रातो मासु- फ्याटी लिभरको रोगीले रातो मासु सेवन गर्नै हुँदैन । किनभने यसको प्रोटिन चाडै पच्दैन । त्यही कारण कलेजोले अतिरिक्त बोझ लिनुपर्ने हुन्छ ।

मदिराजन्य पेय-यदि फ्याटी लिभरको रोगबाट छुटकारा पाउने हो भने मदिराको सेवन बन्द गर्नुपर्छ । यदि यो रोग भएर पनि मदिरा पिउने गर्नुभएको छ भने लिभर सिरोसिस हुने संभावना एकदमै बढी हुन्छ ।

कसरी घटाउने कलेजोको बोसो ?

कलेजोमा जम्मा भएको बोसो हटाउनका लागि प्राकृतिक विधी अपनाउन सकिन्छ । यसका लागि पहिलो सर्त हो, खानपानमा सर्तकता । त्यस्तो खानेकुरा सेवन नगरौं, जसले कलेजोलाई भार पर्छ । बोसोयुक्त खानेकुरा र मदिरा सेवन गर्दै, नगरौ ।
सुपाच्य र स्वस्थ्यवर्द्धक खानेकुरा सेवन गरौ । यससँगै नियमिन रुपमा व्यायाम गरौं । दिनचर्यालाई सक्रिय बनाउनुपर्छ । बढी तौल छ भने त्यसलाई नियन्त्रण गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment