Comments Add Comment

उदयपुरको बेलका नगरपालिकामा एमालेको जित

२३ असार,उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एमाले विजयी भएको छ ।

मेयरमा एमालेका दुर्गाकुमार थापा स्वस्तिकले ५८१८ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अशोक कार्कीले ५२६६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै राजकुमारी चौधरी ६१३१ मत प्राप्त गरी विजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी दीपा राईले ५२८६ मत प्राप्त गरेकी छन् ।

योसँगै उदयपुरको सबै तहको स्थानीय निर्वाचन परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ८ मध्ये ६ तह जितेर पहिलो बनेको छ ।

कांग्रेस र माओवादीले एक एक तह जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment