Comments Add Comment

सुरक्षा प्रभावकारी बनाउन रसुवागढीमा नेपाल-चीनको ‘जोइन्ट एक्सन सेन्टर’

२३ असार, काठमाडौं । नेपाल चीन सीमा क्षेत्रको सुरक्षालाई प्रभावकारी बनाउन रुसवागढी-केरुङमा ‘नेपाल-चाइना बोर्डर ल इन्र्फोसमेन्ट जोइन्ट एक्सन सेन्टर’ स्थापना हुने भएको छ । यसका लागि रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र चीनको जिलोङ काउन्टीमा सुरक्षा अधिकारी गाओ हुईहाईबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो सेन्टरले दुई देशबीचको पारस्परिक हित र सीमा ब्यवस्थापनका सहकार्य गर्नेछ । सीमा अपराध नियन्त्रण गर्ने लक्षयका साथ यो सेन्टर स्थापना हुन लागेको हो । यही केन्द्रको कार्यबिधि र कार्यक्षेत्र सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

रसुवागढी नाकास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अध्यागमन कार्यालयका कर्मचारी रहने सो केन्द्रले सीमापार अपराधिक गतिबिधि नियन्त्रण, आतंकवाद नियनत्रण, गैरकानुनी आवागन नियन्त्रण तथा सूचना आदानप्रदान र शान्ति सुब्यवस्था कायम गर्न सहकार्य गर्नेछ ।

सीमा अपराधको अनुसन्धान र सीमा क्षत्रेमा हुन सक्ने सबै किसिमका गैरकानुनी कार्यको निगरानी पनि गर्नेछ । यो केन्द्रका बारेमा दुई देशबीच असमझदारी उत्पन्न भए लिखित सूचना जारी गरेर संरचनालाई खारेज गर्न सक्ने र ६/६ महिनामा त्यसलाई पुनरावलोकन गर्नसक्ने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा प्रजिअ न्यौपानेलेे दुई देशीचको सौहार्द्धपूर्ण सम्बन्धलाई यो संरचनाको स्थापनापछि थप उचाइ मिल्ने विश्वास ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment