+
+

बिराटनगरमा कांग्रेसका भीम पराजुली जित नजिक, एमालेद्वारा हार स्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २४ गते १२:४४

२३ असार, बिराटनगर । बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुली जिततर्फ अग्रसर भएका छन् । अब एमाले र संघीय समाजवादी फोरम दोस्रो स्थानका लागि प्रतिस्पर्धामा देखिएका छन् ।

कांग्रेसका उम्मेदवार भीमले झण्डै ५ हजारको अग्रता लिएका छन् । र, अब वडा नम्बर १०, ११ र १२ को जम्मा १३ हजार ५३८ मत गणना गर्न बाँकी छ ।
यसमा पनि १२ नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगिसकेको छ भने १० र ११ को सुरुवात छ ।

पछिल्लो अपडेट अनुसार कांग्रेसका मेयरका उम्मेदवार पराजुलीले १९ हजार १५१ मत पाएका छन् भने फोरम लोकतान्त्रिकसँग गठवन्धन गरेको एमालेका उम्मेदवार विनोद ढकालले १३ हजार ८३५ र माओवादी केन्द्रसँग तालमेल गरेका संघीय समाजवादी फोरमका उमेश यादवले १२ हजार ६७७ मत पाएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै पराजुलीले मेयरमा अब आफ्नो जित सुनिश्चित जस्तै भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘६ हजार मतान्तरले जित्छु ।’

एमाले उम्मेदवार ढकालले पनि हार स्वीकार गरेका छन् । उनले आफू दोस्रो हुने बताए । अपेक्षा अनुसार मत नआएपछि उनी शुक्रबारदेखि गणना स्थलमा देखिएका छैनन् ।

संघीय समाजवादीका उम्मेदवार यादवले औपचारिक रुपमा हार स्वीकार गरिसकेका छैनन् ।

तर, बदर मतको दर यस्तै रहे आफू दोस्रो हुने उनले बताए । यादवका अनुसार उनको मात्र झण्डै साढे ७ हजार मत बदर भएको छ । तर, यसका बावजुद आफ्नो मत १५ हजार कट्ने र खराब परिणाम आउँदा पनि दोस्रो हुने बताए ।

उपमेयरमा कांग्रेसको जित पक्का

यस्तै उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीको जित पक्का भएको छ । उनले ८ हजार बढी मतको अग्रता लिइसकेकी छन् । पछिल्लो अपडेट अनुसार कार्कीले १६ हजार ६७० मत पाएकी छन् भने दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी नमिता न्यौपानेले १० हजार ३३ मत पाएकी छन् । यस्तै तेस्रो स्थानमा रहेकी फोरम लोकतान्त्रिककी सूची चौधरीले ८५७० मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?