+
+

पत्रकार सविन शाक्यको निधन, पशुपतिमा गरियो दाहासंकार

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २५ गते १०:१२


शुक्रबार बेलुकी आफ्नै निवासमा आत्महत्या गरेका रंग पत्रकार तथा चलचित्र लेखक सविन शाक्यको शनिबार पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । सविनले शुक्रबार आफ्नै निवासमा आत्महत्या गरेका थिए । शनिबार उनको काठमाण्डौको टिचिङ अस्पतालमा पोष्र्टमार्टम गरिएको थियो ।

पोष्र्टमार्टम पश्चात उनको पशुपति आर्यघाटमा दाहासंकार गरियो । उनका २४ बर्षका छोराले उनको पार्थिव शरीरमा दागवत्ती दिएका थिए । उनका १ छोरा, २ छोरी र श्रीमति छन् ।

सविनले आत्महत्या गर्नु अगाडि लामो सुसाइड नोट पनि लेखेका थिए । उनको निधनमा चलचित्रकर्मी, पत्रकारहरुले शोक व्यक्त गरेका छन् । उनले लेखेको चलचित्र ‘ब्ल्याक डायरी’ वैशाख १५ गतेबाट रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?