Comments Add Comment

तेस्रो अभ्यास खेलमा पनि नेपाली युवा क्रिकेट टोलीको जित

२५ असार, काठमाडौं । विश्वकप छनौटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली अण्डर नाइन्टिन क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले दिल्लीको ग्रेटर नोयडास्थित आरपी सिंह एकेडेमीको टोलीलाई ६० रनले हराएको छ ।

दिल्लीको ग्रेटर नायडास्थित शहीद विजय पथिक स्पोर्टस कम्प्लेक्सको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४५.२ ओभरमा सबै विकेट गुमाएर १७६ रन बनायो ।

ओपनर सन्दिप सुनारले नेपालका लागि सर्बाधिक ४६ रन बनाए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३९ र प्रनित थापामगरले ३३ रन नेपालको खातामा जोडे ।

आसिफ शेखले १४ र प्रकाश केसीले १२ रन बनाए । नेपालका ६ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्, त्यसमध्ये २ जनाले खाता खोल्नै सकेनन् ।

बलिङतर्फ आरपी सिंह एकेडेमीका हषिर्त सेठ्ठीले ४ विकेट लिए भने सञ्जीव चतुर्वेदीले २ विकेट लिए ।

१७७ रनको लक्ष्य लिएर जवाफी ब्याटि्रमा उत्रिएको आरपी सिंह एकेडेमी साहव आलम र पवन सर्राफको धारिलो बलिङसामू ३२.५ ओभरमा ११६ रनमै समेटिएपछि नेपाली युवा टोलीको ५० रनको जित सम्भव भएको हो ।

आरपी सिंह एकेडेमीका लागि उत्कर्ष सुरीले २८, बबी यादवले २६ र स्पर्स जोशीले २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रान बनाउन सकेनन् ।

नेपालका लागि पवन र शाहवले समान तीन तीन विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले २ तथा रिजन ढकाल र ललित राजवंशीले एक एक विकेट लिए ।

दुई सातादेखि भारतमा अभ्यासरत नेपाली टोलीले यसअघिका दुई अभ्यास खेलमा शानदार जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment