Comments Add Comment

बंगलादेशबिरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली युवा टोलीको घोषणा

२५ असार, काठमाडौं । मंगलबार हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण फुटबलका लागि प्रशिक्षक राजुकाजी शाक्यले २३ सदस्यीय नेपाली अण्डर-२३ फुटबल टोलीको घोषणा गरेका छन् ।

यही टोलीले आगामी शनिबारदेखि युएईमा हुने एएफसी अण्डर-२३ च्याम्पियनसिपको छनौटमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

प्रतियोगिताको तयारीमा रहेको नेपालले मंगलबार बंगलादेशको युवा टोलीसँग अभ्यास खेल खेल्न लागेको हो ।

आइतबार घोषणा गरिएको टोलीको कप्तानीको जिम्मेबारी स्ट्राइकर बिमल घर्तीमगर र उपकप्तानी डिफेण्डर अनन्त तामाङले बहन गर्नेछन् ।

घोषित टोलीका सदस्यहरुमा

गोलरक्षकः एलन न्यौपाने, अशोक बराल र किशोर गिरी

डिफेण्डरः अनन्त तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ र लक्ष्मण जिसी

मिडफिल्डरः हेमन गुरुङ, हेमन्त थापामगर, सुमन लामा, सुनिल बाल, पुजन उपर्कोटी, तेज तामाङ, डोना थापा र विवेक बस्नेत

स्ट्राइकरः बिमल घर्तीमगर, अञ्जन विष्ट, सञ्जोग राई र विश्वास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment