Comments Add Comment

जिल्ला समन्वय समिति, बाँकेमा एमाले र संघीय फोरमबीच भागवण्डा

२५ असार, नेपालगञ्ज । जिल्ला समन्वय समिति गठनको लागि बाँकेमा नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालबीच सहमति भएको छ ।

स्थानीय तह निर्वाचनको सबै नतिजा सार्वजनिक भए लगत्तै बाँकेमा जिल्ला समन्वय समिति गठनको लागि दलहरुबीच गृहकार्य सुरु भएकै बेलामा सहमति भएको छ ।

८ स्थानीय तह रहेको बाँकेमा ४ स्थानीय तहसहित २९ वडा जितेर पहिलो पार्टी बनेको एमाले र एक स्थानीय तहसहित ८ वडा जितेको संघीय समाजवादी फोरम नेपालबीचको यो सहमतिसँगै जिल्ला समन्वय समिति एकलौटी हुने भएको हो । नेपाली कांग्रेसले २ र राप्रपाले १ स्थानीय तह जितेका थिए ।

एमाले बाँकेका अध्यक्ष अशोक कोइराला र संघीय समाजवादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राईले सहकार्य पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका छन् ।

दुई पार्टीको शक्ति सन्तुलनका आधारमा जिल्ला समन्वय समितिमा प्रमुखसहित ६ सदस्य एमाले, उप-प्रमुखसहित एक पुरुष र एक महिला सदस्य संघीय फोरमको प्रतिनिधित्व गराउने सहमति भएको एमालेका अशोक कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment