Comments Add Comment

ट्रम्पका छोराले रुसी कानुन व्यावसायीलाई भेटेको खुलासा

२६ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले रुसी कानुन व्यावसायीलाई भेटेको खुलासा भएको छ ।

डोनाल्ड ट्रम्प जुनियर र उनको चुनावी अभियानका प्रमुखले हिलरी क्लिन्टनबारे गोप्य सूचना लिन रुसी कानुन व्यवसायी नतालिया वेशेलनिट्कायालाई भेटेको न्यूयोर्क टाइम्सले दाबी गरेको छ ।

बीबीसीका अनुसार डोनाल्ड ट्रम्प जुनियरले वेशेलनिट्कायालाई भेटेको स्वीकार गरेका छन् तर, त्यो भेटमा हिलरी क्लिटनबारे कुनै महत्वपूर्ण जानकारी आदान प्रदान नभएको बताएका छन् । डोनाल्ड ट्रम्पको कोर टिमले रुसी नागरिकलाई भेटेको यो पहिलो पटक पुष्टि भएको हो ।

अमेरिकी राष्ट्रपतिको चुनावमा रुसको भूमिकाबारे अमेरिकी अधिकारीहरुले अहिले अनुसन्धान गरिरहेका छन् ।

डोनाल्ड ट्रम्प जुनियरले वेशेलनिट्कायालाई ९ जुन २०१६ मा न्यूयोर्कस्थित ट्रम्प टावरमै भेटेका थिए । यो भेट ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेको दुई साता पछि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment