Comments Add Comment

२५ वर्षपछि दोहोरिँदै श्रीदेवी र सञ्जय दत्तको जोडी

श्रीदेवी र सञ्जय दत्तले आफ्नो करिअरमा केवल एउटा फिल्ममा सँगै काम गरेका छन् । २५ वर्ष अगाडि आएको फिल्म गुमराहमा उनीहरु एक साथ देखिएका थिए । अब २५ वर्षपछि यो जोडी पर्दामा दोहोरिने सम्भावना बढेको छ ।

निर्देशक अभिषेक वर्मन आफ्नो आगामी फिल्ममा उनीहरुलाई कास्ट गराउने तयारीमा छन् । यस फिल्मका लागि आलिया भट्ट, बरुण धवन र सोनाक्षी सिन्हालाई पहिले नै साइन गराइसकिएको छ । श्रीदेवीले पनि ६ महिना अगाडि नै यो फिल्म खेल्ने पक्का भएको थियो । नयाँ खबर अनुसार सञ्जय दत्तले फिल्ममा प्रमुख भूमिका निभाउने सम्भावना छ ।

यो फिल्मलाई करण जौहरले निर्माण गर्दैछन् । यो फिल्म उनका पिता यश जौहरको सपना थियो । फिल्मको कथा भारत-पाकिस्तान विभाजनमा आधारित हुने बताइएको छ ।

श्रीदेवी अभिनित फिल्म मम हालै प्रदर्शनमा आएको छ । यो फिल्मलाई दर्शकहरुले निक मन पराएका छन् । सञ्जय दत्त भने ‘साबिह, बीबी और गैंगस्टर’ को तेस्रो भागको सुटिङमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment