Comments Add Comment

रेसेपी – यसरी बनाउने स्वादिलो राजमा र जीरा राइस


राजमा र जीरा  राइस एक स्वादिष्ट कम्बिनेसन रेसेपी हो । राजमालाई स्वादिलो बनाउनका लागि सधै ताजा राजमाको प्रयोग गर्नुपर्छ । राजमा जति धेरै पुरानो भयो, उत्तिनै बेस्वादको हुन्छ । राजमामा लोकल गोलभेडा प्रयोग गर्नुपर्छ ।

आवश्यक सामग्री

राजमा- १५० ग्राम उसिनेको

प्याज- १

अदुवा- १ सानो टुक्रा

लसुन- ८ केस्रा

हरियो खुर्सानी- २

गोलभेडा- ३५० ग्राम

बेसार- १ चम्चा

धनिया- १ चम्चा

रातो खुर्सानी पाउडर- आधा चम्चा

गरम मसला- आधा चम्चा

नुन- स्वाद अनुसार

तेल- १ सय ग्राम

हरियो धनिया- २ चम्चा

राजमा बनाउने तरिका

– सबैभन्दा पहिला गोलभेडा काटेर मिक्सरमा पेस्ट बनाउने ।

– प्याज लसुन र अदुवाको पेस्ट बनाउने ।

– कराहीमा तेल तताउने । त्यसमा जिरा हाल्ने ।

– त्यसपछि प्याज, लसुन र अदुवाको पेस्ट हालेर सुनौलो रंगको हुनेगरी फ्राइ  गर्ने ।

– त्यसमाथि बेसार, रातो खुर्सानी पाउडर, धनिया पाउडर र गरम मसला हाल्ने ।

– लगभग पाँच मिनेटपछि गोलभेडा हालेर राम्ररी चलाउने ।

– जब मसला पाकेर तेलबाट अलग हुन थाल्छ, त्यसमा राजमा हालेर ५ मिनेट जति भुट्ने ।

– नुन हाल्नुहोस् । र दुई गिलास उमालेको पानी हालेर १० मिनेटसम्म मध्यम आँचमा पकाउनुहोस् ।

– जब यो ग्रेभी पाक्छ, छुटै भाँडामा खन्याएर त्यसमाथि हरियो धनियाले गार्निश गर्नुहोस् ।


जीरा राइस बनाउने विधी

चामल- १५० ग्राम

जीरा- १ चम्चा

तेजपत्ता- २

कागतिको रस-थोरै

गाईको घिउ- १ चम्चा

नुन- स्वाद अनुसार

जीरा  राइस बनाउने विधी

– चामललाई राम्ररी पखालेर पकाउने ।

– १० मिनेटसम्म उमालेपछि त्यसमा दुई थोपा जति कागतिको रस चुहाउने ।

– चामल पाकेपछि त्यसलाई निकालेर कराही ग्याँसमा कराही बसाउने ।

– कराहीमा घिउ तताउने । त्यसमा तेजपत्ता र जीरा हाल्ने ।

– त्यसमाथि नुन हालेर चामल हाल्ने ।

केहि समयपछि जिरा राइस तयार हुन्छ । यसलाई तात्तातो राजमा ग्रेभीसँग सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment