Comments Add Comment

यी हुन् तुलसीपुरका व्यवसायी श्रेष्ठ हत्याका मुख्य योजनाकार

२७ असार, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गर्ने मुख्य योजनाकारलार्इ प्रहरीले पक्राउ गरेको छ ।

हत्यामा संलग्न अन्य व्यक्तिहरूलार्इ यस अघि नै पक्राउ गरेपनि मुख्य योजनाकारलार्इ प्रहरीले मंगलबार मात्रै पक्राउ गरेको हो ।

घटनाका मुख्य योजनाकार भनिएका तुलसीपुर उपमहानगरपालिका-११ का खुमबहादुर केसीलार्इ मंगलबार काठमाडौंको तार्केश्वर नगरपालिकाको मनमैजुबाट अपराध महाशाखाले पक्राउ गरेको हो । घटनापछि उनी काठमाडाैंमै लुकेर बसेका थिए ।

व्यवसायी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा संलग्न पूजा घर्ती मगरलार्इ पनि प्रहरीले पक्राउ गरेको छ
श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या  भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते फेला परेको थियो ।

तुलसीपुर बजारस्थित बुटवल बस्त्रालयका सन्चालक ५२ वर्षीय श्रेष्ठको पैसाकै लागि अपहरण भएको खुलेको छ ।

प्रहरीकाअनुसार अपहरणकारीले एकपटक परिवारलाई सम्पर्क गरी ३ करोड फिरौती मागेका थिए । तर, त्यतिबेला उनको हत्या भइसकेको थियो । शव सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment