Comments Add Comment

एनआईसी एशिया बैंकको ब्राण्ड एम्बासडरमा मनीषा कोइराला


२९ असार, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो सेवाको २० औं वर्ष प्रवेश गर्न लागेको अवसरमा चलचित्र क्षेत्रमा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रकी सफल नायिका मनीषा कोईरालालाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ ।

बुधबार काठमाडाैंमा आयोजित कार्यक्रममा कोइरालालाई आगामी दुई वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै कोइरालाले बित्तीय सुचकका आधारमा बैंक सबल भएकाले यो बैंकको ब्रान्ड एम्बेसडर बनेको जनाएकी छन् ।

उनले भनिन् ‘बित्तीय सुचकहरु हेर्दा यो बैंकको अवस्था राम्रो भएको पाए त्यसैले यसको ब्रान्ड एम्बेसडर बन्ने निर्णय गरेको छु ।’

बुधबार आयोजित सम्झौता कार्यक्रममा बोल्दै बैंकका सिइओ लक्ष्मण रिसालले भने कोइराला ब्रान्ड एम्बेसडर बनेसंगै विजनेश बढ्ने बताएका छन् ।

रिसालले भने ‘कोइराला ब्रान्ड एम्बेसडर बनेसंगै हाम्रो बिजनेश अझै बढ्नेछ भन्ने हामीले अपेक्षा गरेका छौं ।’

हाल यस बैंकको अधिराज्यभर १ सय १७ शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । बैंंकको तेस्रो त्रैमासको रिपोर्ट अनुसार बैंकको चुक्ता पुँजीमा ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप ७८ अर्ब ९९ करोड र ६७ अर्ब २५ करोड कर्जा लगानी भएको छ । बैंकको पुँजी लागत बढेर ५.२९ प्रतिशत पुगेको छ ।

नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत अफ्नो सशक्त पहुँच पुर्याउँदै सम्पूर्ण ग्राहकमा सर्वोत्कृष्ट सेवा तथा प्रतिफल प्रदान गरी बैंकिङ्ग क्षेत्रको इतिहासमा पृथक पहिचान स्थापित गर्न सफल एनआईसी एशिया बैंक र करिब तीन दशकसम्मको लामो कलाकारिता यात्रामार्फत् ख्याती आर्जन गरेकी नायिका कोइरालाबीचको सहकार्यले बैंकको व्यबसाय र सेवा प्रर्बद्धनमा सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment