Comments Add Comment

ग्लोबल आइएमई बैंकद्वारा आँधी प्रभावित क्षेत्रमा राहत सामग्री वितरण

२१ चैत, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आँधी प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बारा र पर्सामा हावाहुरी र असिनापानीबाट प्रभावितलाई राहत सामाग्री वितरण गरेको हो ।

बैंकले बाराका पीडित ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको छ ।

हावाहुरी र असिनापानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्देश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment