Comments Add Comment

कैलालीमा प्रहरी हवल्दार मृत फेला

२९ असार, कैलाली । कैलालीको अत्तरिया बजारस्थित नेचुरल ब्युटी नाम गरेको होटलमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।

भनजी नगरपालिका-१ मा स्थायी घर भई जोगबुढा इलाका प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा बिहीबार बिहान करिब ३ बजे उक्त होटलको कोठा नं ५ मा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बुधबार राति हवल्दार बूढा एक युवतीसंग सो कोठामा बसेको र अकस्मात् छटपटाएर ज्यान गएको साथमा रहेकी ती युवतीले बताएकी छिन् ।

प्रहरीको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको छ भने अनुसन्धानका लागि साथमा बसेकी युवतीलाई हिरासत राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment