Comments Add Comment

वन रक्षक शाहीका हत्यारालाई सर्वस्वसहित जन्म कैद

हत्या गरिएका जाजरकोटका गणेशबहादुर शाही

३० असार, ताप्लेजुङ । कार्यसम्पादनकै क्रममा हत्या गरिएका वन रक्षक गणेश शाहीको हत्यारालाई जिल्ला अदालत ताप्लेजुङले सर्बस्वसहित जन्मकैदको फैसला गरेको छ ।

शाहीको हत्या गर्ने मिक्वाखोला गाउँपालिकाका टेकबहादुर लिम्बुलाई जिल्ला न्यायाधिस अशोककुमार बस्नेतको इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई ८ महिना कैद र प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बु, रामबहादुर लिम्बु र रिया भन्ने सोनिसा लिम्बुलाई जनही २० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

गत पौष १७ गते इलाका वन कार्यलय खोक्लिङमा कार्यरत वन रक्षक शाहीको घाँटि रेटी हत्या भएको थियो ।

जाजरकोट निवासी शाही रन रक्षकमा नाम निकालेर ३ वर्ष अघि ताप्लेजुङ् पाेष्टिङ भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment