+
+
Shares

चुडामणि शर्मालाई सर्वोच्चमा उपस्थित गराइयो

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३० गते १२:१९

३० असार, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ ।

अख्तियारको टोलीले शुक्रबार विहान उनलाई विशेष अदालत पुर्‍याएको थियो । भ्रष्टाचारको मुद्दा दर्ता प्रक्रिया सुरु भएपछि उनलाई सर्वोच्च लगिएको हो ।

शर्माले पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अख्तियारले शर्मासहित तीन जनाविरुद्ध झण्डै ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गर्दैछ । कर फछ्र्यौटसम्बन्धी ४५ फाइलको अध्ययन गर्दा १० अर्ब ९५ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

अख्तियारले बिहीबार नै मुद्दा दर्ता गर्ने तयारी गरेको थियो । तर समय अभावका कारण सम्भव भएन ।

यी पनि पढ्नुस्

चूडामणि शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराउन आदेश

चुडामणि शर्माविरुद्ध ११ अर्ब भ्रष्टाचारको मुद्दा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?