Comments Add Comment

मतदाता नामावली संकलन भोलिदेखि, दर्ताका लागि सम्बन्धित जिल्लामै जानुपर्ने

३१ असार, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य भोलिदेखि सञ्चालन गर्ने भएको छ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।

आयोगले साउन १ गतेदेखि १५ गतेसम्मका लागि मतदाता नामावली दर्ताको समय तोकेको छ । यसअघि सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि आयोगले यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको हाे ।

आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न भनेको छ ।

आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् ।

आयोगले यस्तो व्यवस्था गरेपछि मतदाता नामावली दर्ता झन्झटिलो भएको भन्दै अालाेचना भएकाे छ। राजनीतिक दलहरू १५ दिनको अवधि बढाएर १ महिना गर्न र बसेकै ठाउँबाट दर्ता गर्न सकिने व्यवस्था गर्न माग गरेका छन् ।

साउन १ देखि १५ गतेसम्म नामावली दर्ताको समय दिएको आयोगले १६ देखि २० गतेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment