Comments Add Comment

फुङलिङ नगर कार्यपालिकाका ८ सदस्य चुनिए

३१ असार, ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाको कार्यपालिकाका ८ सदस्य निर्वाचनबाट चुनिएका छन् । शनिबार भएको निर्वाचनबाट चुनिने सबै नेकपा एमालेका छन् ।

नगर कार्यपालिका नवनिर्वाचित ८ जना सदस्यलाई मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले सपथ खुवाएका छन् ।

यो निर्वाचनसँगै ताप्लेजुङका ९ वटा स्थानीय तहका नगर तथा गाउँसभा र नगर कार्यपालिकाका तथा गाउँपालिकाले पूर्णता पाएको छ । शनिबार नगर कार्यपालिकामा ८ जना निर्वाचित भएसंगै २१ सदस्यीय फुङ्लिङ नगर कार्यपालिका पनि पूर्ण भएको छ ।

२१ सदस्यीय कार्यपालिकामा प्रमुख, उपप्रमुख र ११ वटा वडाका वडाध्यक्ष गरी १३ जना असार १४ गतेको निर्वाचनबाट निर्वाचित भएका थिए । नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख, ११ वटा वडाका वडाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित महिला सदस्य भित्रबाट ५ जना र आम मतदाता भित्रका दलित वा अल्पसंख्यक मध्येबाट ३ जना गरी २१ जना रहने व्यवस्था छ ।

यो व्यवस्था अनुसार निर्वाचित महिला सदस्य भित्रबाट चन्द्रकला कार्की, कविता नेपाली -दमाइ), नर्वदादेवी भण्डारी, बषर्ा इजम र सरस्वता भारती -पुरी) नगर कार्यपालिकामा थप निर्वाचित भएका छन् । निर्वाचित सबैले ३८-३८ मत ल्याए ।
निर्वाचनमा पराजित नेपाली कांग्रेसका जसोदा गुरुङ, टीकामाया नेपाली र प्रमिला गुरुङको समान १९-१९ मत रहयो ।

यस्तै दलित वा अल्पसंख्यकबाट नगर कार्यपालिकामा दावा शेर्पा, कृष्ण खवास र नेताकुमारी परियार शिवा निर्वाचित भएका छन् । खवास र परियारको समान ३९-३९ तथा शेर्पाको ३८ मत रहेको मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।

अल्पसंख्यक कोटाबाटै नगर कार्यपालिकामा प्रतिनिधित्व गर्न निर्वाचिनमा गएका नेपाली काँग्रेसका उमेश शिवा र दावा छेतेन शेर्पा पराजित भए । शिवाको १८ र शेर्पाको १७ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment