१ साउन, काठमाडौं । आगामी बिहीबारदेखि काठमाडौंबाट नागढुंगा नाका भएर पूर्वका लागि चल्ने रात्री बस दिउँसो ४ बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने भएको छ ।
रातमा मुग्लिन-नारायणगढ सडक खण्ड बन्द हुने भएपछि त्रिभुवन राजपथ प्रयो गर्ने रात्री बसहरुलाई ब्यवस्थित गर्न बाहरिने समयसीमा तोकएकिो हो ।
यातायात ब्यवस्था विभागले साउन ५ गतेदेखि लागू हुने गरी मेची र कोशी अञ्चलमा जाने रात्री बस दिउँसो तीन बजे बसपार्कबाट छुटिसक्नुपर्ने नियम बनाएको छ ।
त्यसैगरी सगरमाथा र जनकपुर अञ्चलमा लागि जाने सवारी ४ बजे छुटिसक्नुपर्ने नियम बनाइएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।
रातमा चल्ने पूर्वका बसहरुले मुग्लिनको जाम छल्न नौबिसे- पालुङ- हेटौंडाको बाटो प्रयोग गर्छन् । यी रात्री बसहरुलाई रातको ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने नियम पनि लगाइने प्रवक्ता पाण्डेले बताए ।
यो त्रिभुवन राजपथमा ठूला बसहरुको आवागमन सहज गर्न ६ चक्काभन्दा ठूला मालबहाक ट्रकहरुलाई चल्न पनि विभागले निषेध गरेको छ । अब १० र १२ चक्के ट्रक नौबिसे- पालुङ- हेटौंडा खण्डमा चल्न नपाउने भएका छन् ।
विभागले रात्रीसेवामा काठमाडौं आउने सवारीलाई रातको २ बजेपछि मात्रै भीमफेदीबाट काठमाडौंतर्फ छोड्ने अर्को नियम पनि बनाएको छ । स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको हकमा भने यो नियम नलाग्ने प्रवक्ता पाण्डेले बताए ।
प्रतिक्रिया 4