+
+

भैरहवा काँग्रेसद्वारा ५ जना नेताकार्यकतालाई कारवाही

सलमान खान सलमान खान
२०७४ साउन १ गते १७:०१

१ साउन, भैरहवा । नेपाली काँग्रेस भैरहवाले ५ जना नेता तथा कार्यकतालाई कारवाही गरेको छ ।

गत असार १४ गते दोस्रो चरणको सम्पन्न स्थानीय तहको चुनावमा पार्टीलाई असहयोग गरेको भन्दै सिद्धार्थनगर नगरपालिकाका ५ जना क्रियाशील नेता कार्यकतालाई कारवाही गरेको हो ।

काँग्रेसले मुबारक अली, रामशरण यादव, बाबुराम कुर्मी, बेचन चाई र रामकरण चाईलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएको छ । कारवाही परेको सबै जना नगरका वडा नम्बर ११ का नेता कार्यकर्ता हुन् ।

निर्वाचनमा उनीहरुले पार्टीलाई पूर्ण रुपमा असहयोग गर्दै अन्य पार्टीको प्रचारमा लागेको आरोपमा कारवाही गरिएको काँग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

क्रियाशील सदस्यता लिएर चुनावमा पार्टीलाई असहयोग गर्ने र उल्टै अन्य पार्टीलाई सहयोग गर्नेलाई पार्टीमा राखेमा पार्टी कमजोर र अनुसाशनहीन हुने भन्दै सगंठन सुदृढिकरणका लागि उनीहरुलाई कारवाही गरिएको काँग्रेस सिद्धार्थनगर नगरपालिकाका-११ का बुथसभापति गुलराज कुर्मीले जानकारी दिए ।

रुपन्देही काँग्रेसको जिल्ला कार्य समितिले स्थानीय तह निर्वाचनको समिक्षाको क्रममा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने नेता कार्यकतालाई कारवाही गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?