Comments Add Comment

साउनको शृंगारः पहिरनसँग कसरी मिलाउने मेकअपको कम्विनेशन ?

साउनमा हरियो, रातो, पहेंलो पहिरन र त्यस्तै चुरा पोतेमा सजिने चलन छ । यस्तो पहिरनमा मिल्ने शृंगार पनि गर्नैपर्छ ।

तर, मन्दिर जाने, पूजाआजा गर्ने क्रममा पसिनाले मेकअप बग्छ, लतपत हुन्छ । एकातिर थकान, अर्कोतिर भोको पेट । यस्तो अवस्थामा मेकअप पनि फिका देखिन सक्छ । त्यसैले ब्रतालुले यस्तो मेकअप गर्नुपर्छ, जो पहिरनसँग मिल्दो र टिकाउयुक्त पनि होस् ।

ब्रतालुले हेभी मेकअप गर्नु उपयुक्त हुँदैन । सामन्य मेकअप गर्नुपर्छ ।

कसरी टिक्छ मेकअप ?

– मुख धोइसकेपछि घिउकुमारीको फेस प्याक बनाएर लगाउनु पर्छ । घिउकुमारी घरमै छ भने त्यसको गुदी निकालेर वा मिक्चरमा पिसेर अनुहार लगाउन सकिन्छ ।

– घिउकुमारीको पेस्ट राम्ररी लगाउने । पाँच मिनेटपछि सफा पानीले धुने ।

– अब हल्का मेकअप गर्नुपर्छ । मेकअप वाटरप्रुफ हुनुपर्छ ।

– गाजल पनि हल्का लगाउने । हेभी गाजल लगाउँदा बग्ने डर हुन्छ ।

– जुनसुकै मेकअप गर्दा पनि त्यो चार घण्टाभन्दा बढी टिक्दैन । त्यसैले चार घण्टाको अन्तरमा मेकअप उतार्नु राम्रो हुन्छ ।

यसरी लगाउने मेहेन्दी


बजारमा मेहेन्दी त पाइन्छ, तर त्यसको गुणस्तर राम्रो नहुन सक्छ । रसायनको प्रयोग गरिने भएकाले त्यस्ता तयारी मेहेन्दीले छालामा असर गर्छ । त्यसैले घरमै मेहेन्दी तयार गर्नु राम्रो हो ।

मेहेन्दीको धुलो खरिद गर्ने

तयारी मेहेन्दी खरिद गर्नुभन्दा मेहेन्दीको धुलो किन्नु राम्रो हो । यसलाई घरमै तयार गरेर प्रयोग गर्न सकिन्छ । यस्तो धुलो पनि सकेसम्म अग्र्यानिक नै छनौट गर्नुपर्छ ।

कसरी तयार गर्ने ?

धुलो मेहन्दी किनेर ल्याउने र एउटा कचौरामा हाल्ने । त्यसमा मसिनो पारेर पिसेको चिनी मिसाएर चलाउने । कागती पनि निचर्ने (कागतीमा चिनीको धुलोलाई मिसाएर पनि मेहन्दीमा पनि हाल्न सकिन्छ) । त्यसरी बनाएको घोललाई एकदिन भिजाएर राख्ने । त्यसपछि अर्को दिन उक्त घोललाई मज्जाले फिटेर कोनमा हाली हातमा लगाउन सकिन्छ ।

कसरी गाढा बनाउने रंग

त्यसरी लगाएको मेहन्दीको रंग गाढा होस् भन्नाका हातमा बुट्टा भरिसकेपछि सुक्ने बेलामा मेहेन्दीको तेल अथवा ल्याङ्ग दल्ने । ल्वाङ्ग छैन भने घाटी दुख्दा, रुघा लाग्दा छातीमा लगाउने भिक्स पनि दल्न सकिन्छ । त्यसरी बनाएको मेहन्दीलाई कोनमा राखी एक हप्तासम्म प्रयोग गर्न सकिन्छ ।

अचेल मेहन्दीको कोनद्धारा हातमा साधारण खालको बुट्टा बनाउने चलन सुरु भएको छ । युट्युब तथा फेसबुकको माध्यमद्धारा त्यस्ता बुट्टा  कोर्न जान्ने जो कसैले घरैमा बसेर पनि बनाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment