Comments Add Comment

अर्घाखाँचीको सिद्धेश्वर शिवालयमा साउने मेला सुरु

२ साउन, अर्घाखाँची । अर्घाखाँचीको भक्तिटोला चुत्राबेसीमा सोमबारदेखि एक महिना लामो साउने मेला सुरु भएको छ ।

साउने मेलाको सुरुको दिन सोमबार बिहान चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्वर शिवालय मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सन्धिखर्क बजारका विभिन्न भाग परिक्रमा गर्दै सन्धिखर्कमा रहेको शिवालय मन्दिरमा पुगेको थियो ।

भक्तजनहरुले ‘बोल बम’ भन्दै बजारका बिभिन्न भाग परिक्रमा गरी सिद्धेश्वर शिबालय मन्दिरमा रहेको स्फटिकको शिबलिङ्गमा देवघाटबाट ल्याएको गंगाजल चढाएका थिए ।

साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर जल अर्पण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिवालय मन्दिरका संरक्षक नारायण खनालले बताए ।

कलश यात्रा सहित भजन तथा नाचगान समेत गरिएको थियो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिवालय मन्दिरमा स्फटिकको शिवलिङ्ग राखि दैनिक वैदिक विधि पूर्वक पूजा आजा गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment