Comments Add Comment

रेडियो प्रकरणमा सेनाको स्पष्टीकरण-राजनीतिसँग नजोडौं

२ साउन, काठमाडौं । नेपाली सेनाले सञ्चालन गर्न लागेको एफएम रेडियोका सम्बन्धमा विभिन्न टीकाटिप्पणी भएपछि यस सम्बन्धमा स्पष्ट पारेको छ ।

एफएम रेडियो सञ्चालन प्रकरणका बारेमा विज्ञप्ति जारी गर्दै सेनाले एफएम रेडियो सैनिक गतिविधिबारे जानकारी गराउनका लागि राष्ट्रिय प्रसारण ऐन २०४९ तथा प्रसारण नियमावली २०५२ अनुसार नै रेडियो संचालन गर्ने प्रयास गरिएको स्पष्ट पारेको छ ।

सेनाले एफएम रेडियो सञ्चालन गर्ने तयारी गरेको विषयलाई राजनीतिसंग जोडेर प्रचार गरिएको गुनाशो गर्दै सेनाले त्यसो नगर्न भनेको छ । ‘रेडियो स्टेशनको प्रशंगलाई राष्ट्रिय राजनीतिसंग जोडी अत्यन्त फरक रुपमा प्रस्तुत गर्न दखोजिएको पाइएकोले सम्पूर्ण सरोकारवालाहरुलाई स्पष्ट पार्न चाहन्छौं ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको संविधान तथा कानुनको परिधिभित्र रहेर विपद् व्यवस्थापन, बन्यजन्तु संरक्षण, अन्तर्राष्ट्रिय शान्ति कार्यमा नेपाली सेनाको योगदान, स्वास्थ्य उपचार तथा अन्य सैनिक गतिविधिबारे सूचना तथा शिक्षामुलक सन्देश सरोकारवालाहरु समक्ष पुर्‍याउने र सैनिक सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन एफएम स्टेशन सञ्चालन गर्न लागिएको सेनाले स्पष्ट पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment