Comments Add Comment

स्थानीय तहको केन्द्रबाटै मतदाता नामावली संकलन गर्ने तयारी


३ साउन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ ।

यसबारे निर्णय गर्न आयोगको बैठक बसिरहेको छ । आयोगका एक अधिकारीले भने, ‘स्थानीय तहको केन्द्रबाट नामावली संकलन गर्ने गृहकार्यमा छौं । निर्णय भइसकेको छैन ।’

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन हुन लागेको जानकारी दिएका छन् । पार्टीको बैठकमा उनले निर्वाचन आयोगले यो निर्णय गर्न लागेको जानकारी गराएका हुन् ।

निर्वाचन आयोगले साउन १ गतेदेखि फाटो सहितको मतदान नामावली संकलन सुरु गरेको छ ।

तर, नाम लेखाउनका लागि स्थायी बसोबास भएको जिल्लाको निर्वाचन अधिकृतको कार्यालय -सदरमुकाम) जानु पर्ने बाध्यता छ । यो व्यवहारिक नभएको भन्दै प्रमुख दलहरुले स्थानीय तहको केन्द्रबाटै नामावली संकलन गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment