+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

खाडी मुलुकबाट नेपाललाई चिठीः दरबारका घरेलु कामदार नरोकिदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ४ गते १८:०७

४ साउन, काठमाडौं । नेपालले विदेशमा घरेलु महिला कामदार पठाउन बन्द गरेपछि खाडी मुलुकका शाही परिवारले चासो दिएका छन् । उनीहरुले घरेलु कामदारमाथि लगाइएको रोक फुकाउन आग्रह गरेका छन् ।

केही खाडी मुलुकका राजपरिवारले नेपाललाई पत्र पठाएर त्यहाँको दरबारमा काम गर्ने नेपाली कामदारलाई पठाइदिन आग्रह गरेको श्रम मन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए । बहराइन, कतार, दुबई र साउदीको दरबारबाटै नेपाली महिला कामदारको श्रमको रि-इन्ट्री गरिदिन र थप कामदार ल्याउने वातावरण मिलाउन आग्रह गर्दै पत्र आएको हो ।

दरबारमा काम गर्ने छुट्टीमा रहेका नेपाली कामदारहरुको श्रम रि-इन्ट्री गरेर पुनः फर्किने ब्यवस्था मिलाइदिन आग्रह गर्दै नेपाल सरकारलाई पत्र लेखेको मन्त्री मन्सुरले बताए ।

राजपरिवारबाटै यस्ता पत्रहरु आएपछि घरेलु कामदार पठाउन फेरि थाल्ने तयारीमा सरकार लागेको बुझिएको छ ।

मन्त्री मन्सुरले यस्ता पत्रमार्फत घरेलु कामदार पठाउन माग आइरहेको बताए । ‘हामीले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशन अनुसार महिला कामदारको सुरक्षाको ग्यारेन्टी नभएसम्मका लागि घरेलु कामदार नपठाउने निर्णय गरेका छौं’ मन्त्री मन्सुरले भने, ‘तर, खाडी राष्ट्रका दरबारहरुबाट त्यहाँ कार्यरत कामदारको विवरणसहित उनीहरुको श्रम रि-इन्ट्री गर्न आग्रह आएको छ ।’

उनले दरबारहरुबाट आएको अनुरोधलाई नमान्दा दुई देशबीचको सम्बन्धमा नै असर पर्न सक्ने बताए । परराष्ट्र मन्त्रालयमार्फत आएको पत्रका आधारमा यसलाई खोल्नेबारे बुधबार संसदको अन्तर्राष्ट्रिय श्रम समितिमा पनि छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?