Comments Add Comment

समन्वय समितिको चुनाव गर्न तोकिए निर्वाचन अधिकृत

४ साउन, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय चुनाव भएका ३३ जिल्लाका समन्वय समितिको निर्वाचन गर्न निर्वाचन अधिकृत तोकेको छ ।

आयोगको बुधबार बसेको बैठकले प्रदेश नम्बर १, ५ र ७ का नवलपरासी र रुकुम बाहेकका ३३ जिल्लामा निर्वाचन अधिकृत तोकेको हो ।

जिल्लाका मुख्य निर्वाचन अधिकृतहरूलाई यो जिम्मेवारी दिने निर्णय भएको आयोगले जनाएको छ ।

जिल्ला सभाबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या एकीन भएपछि मुख्य निर्वाचन अधिकृतले निर्वाचनको कार्यक्रम सञ्चालन गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment