Comments Add Comment

बाढीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न पूर्व तयारी गर्दै सेना


७ साउन, झापा । बाढी तथा डुबानको प्रकोपबाट हुन सक्ने सम्भावित क्षतिलाई कम गर्न नेपाली सेनाको कालीबहादुर गणले पूर्व अभ्यास सुरु गरेको छ ।

वर्खाको समयमा हुन सक्ने बाढी तथा डुबानको क्षतिबाट सर्वसाधारणलाई जोगाउन सेनाले शिवसताक्षी–१० स्थित कनकाई नदीमा शुक्रबार विपद् व्यवस्थापनसम्बन्धी पूर्व अभ्यास सञ्चालन गरेको हो ।

कालीबहादुर गणका गणपति प्रमुख सेनानी सरोज अधिकारीका अनुसार, गणसँग भएका ओबीएम रबरबोट, ट्युब, डोरी तथा अन्य विपद् व्यवस्थापन सामग्रीहरुको प्रयोग गरी अभ्यास गरिएको छ ।

सेनाको कालीबहादुर गण गत वर्ष पनि कनकाई, विरिङ र मेची नदीले प्रभावित बनेका सयौं घर परिवारको उद्दार, राहत र व्यवस्थामा कार्यमा सक्रिय रुपमा खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment