Comments Add Comment

चोकरयुक्त आटा सेवन गर्नुको ५ फाइदा

मैदाको विकल्प हो, आटा । मैदालाई मन्द विष भनिन्छ , जो एकदमै अस्वस्थ्यकर हुन्छ पनि । त्यसैले रोटी खानुहोस् वा पराठा, आटा सर्वोत्तम हुन्छ ।  यो बजारमा सहजै उपलब्ध हुन्छ पनि । यद्यपी चोकरयुक्त आटा सेवन गर्नुपर्छ, जो स्वास्थ्यका लागि लाभदायक छ । के छ त यसको फाइदा ?

१. शोधकर्ताका अनुसार चोकरले रगतमा इम्यूनोग्लोब्यूलीन्सको मात्रा बढाउँछ, जो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुन्छ । यसले टिबी जस्ता खतरनाक रोगबाट लड्ने ताकत समेत दिन्छ ।

२. पाइल्सको समस्या छ भने चोकरयुक्त आटा सेवन गर्नुहोस् । यो आन्द्रा तथा मलाशयको क्यान्सरबाट बचाउन पनि उपयोगी मानिएको छ । चोकरयुक्त आटाले पेट सफा राख्छ ।

३. फाइबरले भरपुर हुने भएकाले चोकरयुक्त आटाको प्रयोग पाचन सम्बन्धी कुनैपनि समस्या हटाउन लाभदायक हुन्छ । यसले कब्जियतको समस्याबाट समेत छुटकारा दिलाउँछ ।

४. चोकरयुक्त आटाको प्रयोग कोलेस्ट्रोल क मगर्नका लागि पनि उपयोगी मानिन्छ । जसलाई मोटोपनको समस्या छ, हृदय रोग छ, उनीहरुले चोकरयुक्त आटा सेवन गर्नुपर्छ ।

५. तपाई प्रकृतिक रुपमा आफ्नो तौल घटाउन चाहनुहुन्छ ? त्यसो हो भने तपाईका लागि चोकरयुक्त आटा उपयोगी हुनसक्छ । यसको सेवनले तौल नियन्त्रण राख्न मद्दत मिल्छ ।

मैदा भर्सेस आटा

पौष्टिताको सन्दर्भमा आटा सर्बोत्तम हो । मैदा पनि आटाबाटै बन्छ । आटालाई मैदा बनाउने प्रक्रियामा १० प्रतिशत क्यालोरी बढ्छ । आटामा रहेका केहि पौष्टिक पदार्थ पनि हट्छ । लगभग ६६ प्रतिशत भिटामिन बि, ७० प्रतिशत मिनरल, ७९ प्रतिशत फाइवर र १९ प्रतिशत प्रोटिन पनि नष्ट हुन्छ ।
मैदामा बेकिङ प्रयोग हुन्छ । त्यसैले मैदाको परिकार सेवन गर्नुभन्दा आटा उत्तम हुन्छ । अहिले कतिपय परिकार त आटाबाटै तयार गरिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment