Comments Add Comment

यसरी औषधी सेवन गर्दा हुनसक्छ खतरा


अहिले कुनै जानकारी चाहिएमा सजिलो काइदा छ, गुगल । जे जान्नुपर्ने, जे बुझ्नुपर्ने, जे थाहा पाउनुपर्ने, सबै गुगलबाट प्राप्त गर्छौ । यो सर्च इन्जिनको प्रयोग कतिसम्म बढेको छ भने, हामी औषधी सेवन गर्नुपर्दा चिकित्सकलाई होइन गुगललाई सोध्छौ ।

हो, गुगल हाम्रो निम्ति सरल छ । सस्तो छ । तर, कुनैपनि रोगको उपचारका लागि कस्तो औषधी सेवन गर्ने भन्ने कुरा गुगलमा भर पर्नु हुँदैन । यसले निकै गंभिर समस्या समेत निम्त्याउन सक्छ । कसरी ?

१. रोग पहिचानमा गल्ती

टाउको दुख्नु, खोकी लाग्नु लगायतका समस्या कयौ रोगका लक्षण हुनसक्छ । त्यसैले, एउटा लक्षणलाई मात्र ध्यानमा राखेर औषधीको सेवन गर्नु स्वास्थ्यका लागि घातक हुनसक्छ । कुनै पनि औषधीको सेवन गर्नु पूर्व त्यसको सतही लक्षण हेर्नुभन्दा खास कारण थाहा पाउनुपर्छ ।

२. औषधीको दुष्प्रभाव

औषधीमध्यमा सबैभन्दा धेरै प्रयोग हुने औषधी हो, पेनकिलर । टाउको दुख्दा होस् वा पेट । हाम्रो समाजमा पेनकिलरको प्रयोग अत्याधिक मात्रामा हुने गर्छ । यसले पेट सुनिन सक्छ, जसले गर्दा पेटमा अल्सिर हुने, पेट भित्र आन्तरिक रक्तश्राव हुने गर्दछ । त्यतिमात्र हैन, अतयाधिक मात्रामा पेनकिलरको प्रयोगले उच्च रक्तचापको खतरा चार गुणा बढाउने गर्छ । त्यस्तै, गर्भावस्थामा महिलाहरुले औषधी खानु अघि विशेष सजगता अपनाउन जरुरी छ ।

चिकित्सकको सल्लाह विना कुनै पनि औषधीको सेवनले पेटमा रहेको शिशुलाई असर पार्न सक्छ । यो जन्मजात रोगको कारण बन्न सक्छ । त्यसबाहेक, यस्ता पेनकिलरले मृगौलामा समेत असर पार्न सक्ने हुदाँ कुनै पनि पनकिलर सेवन गर्नु अघि चिकित्सकको सल्लाह अनिवार्य छ ।

३. औषधी प्रभावहीन

चिकित्सकका अनुसार कुनै पनि आवश्यक्ता विना एन्टी बायोटिक्सको प्रयोग घातक हुनसक्छ । यसले शरीरमा विशेष प्रकारको रोग प्रतिरोधी क्षमता बढाउँछ , जसले गर्दा गम्भीर समस्याका बेला उक्त औषधीले सही तरीकाले काम गर्न सक्दैन र त्यस्ता औषधी प्रभावहीन हुने गर्छन् । मनपरि तरीकाले एन्ट बोायटिकको प्रयोगले शरीरमा प्रतिरोधी क्षमता आउनुले ज्यानै जाने सम्मको खतरा बढ्छ ।

४. मात्रा कम/ बढी हुनु

चिकित्सकको सललाह विना लिएको औषधी स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । निश्चित रोगका लागि हामीले लिएको औषधीमा मात्रा तल, माथि हुदाँ औषधीले सही तरीकाले काम नगर्न सक्छ । त्यस्तै, आवश्यकता भन्दा बढी मात्रामा औषधीको सेवनले पनि शरीरका कयौ अंगहरुमा असर पार्न सक्छ ।

५. गलत तरीकाले औषधीको सेवन

एउटै औषधी पनि विभिन्न रोगका लागि विभिन्न प्रकारले लिने गरिन्छ । त्यसैले, यस्ता औषधी प्रयोग गर्नु पुर्व यी औषधी कुन कुन प्रयोजनका लागि उपयोग गरिदैछ भनेर जान्नु निकै आवश्यक छ । किनकी कुनै पनि औषधीको सही तरीकाले उपयोग गर्न नसकेको खण्डमा त्यसको असर कम हुनसक्छ वा त्यसले, स्वास्थ्यमा हानी पुर्‍याउँन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment