Comments Add Comment

‘ग्याङस्टार ब्लूज’बाट ‘स्टार’ बन्ने दौडमा आशिरमान


स्टार बन्नका लागि धेरै चलचित्र खेल्न आवश्यक छैन । कतिपय कलाकार त एउटै चलचित्रबाट नै स्टार बनेका छन् । कतिपयलाई दर्जनौ चलचित्र खेल्दा पनि फाप्दैन ।

नव-नायक आशिरमान देशराज जोशी पनि अहिले पहिलो चलचित्रबाट नै स्टार बन्ने दौडमा छन् । आशिरमान देशराज जोशीले अभिनय गरेको चलचित्र ‘ग्याङस्टार ब्लूज’ भदौ २ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रका लागि आशिरमानले निकै मिहिनेत पनि गरेका थिए ।

६ महिना भन्दा लामो समय कपाल पाल्न, दाह्री बनाउन र शरीर बनाउन उनले खर्चिए । एउटै, चलचित्रका लागि यती धेरै मिहिनेत कमै मात्र नायकले गरेको पाइन्छ ।

सरोज न्यौपानेको निर्देशनमा तयार भएको यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । वीसी लभस्टोरी चलचित्र निर्देशनमा चर्चित छन् । यो चलचित्रले पनि प्रेमका कारण एउटा पात्र कसरी ग्याङस्टार बन्छ भन्ने देखाएको छ ।

यो चलचित्रमा आशिरमानको साथमा आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी लगायतका कलाकारको मुख्य भूमिका छ ।
यो चलचित्र रिलिज नहुदै रोहित अधिकारीको निर्माणमा बन्न लागेको चलचित्र ‘ब्रेकअप’का लागि आशिरमानले १५ लाख पारिश्रमिक लिएको चर्चा छ ।

के ‘ग्याङस्टार’ले आशिरमानलाई स्टार बनाउला ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment