+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

कर्णाली राजमार्ग अबरुद्ध, यात्रुहरू अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ९ गते १६:४१

९ साउन, कालिकोट । कर्णाली राजमार्ग अबरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको कालिका गाउँपालिकाको वडा नं. १ को एसमोडमा सोमबार बिहान पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।

राजमार्ग अबरुद्ध हुँदा यातायातका साधन चल्न सकेको छैनन् । कालिकोटदेखि सुर्खेत हुँदै नेपालगन्जतर्फ हिँडेका र नेपालगन्जबाट सर्खुेत हुँदै कालिकोट आउँदै गरेका सवारी साधनहरु बाटोमै रोकिएका छन् । सवारीसाधन नचल्दा यात्रुहरु बाटोमा अलपत्र परेका छन् ।

अबरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ । सडक डिभिजनको स्काइभेटरबाट राजमार्गमा गएको पहिरो पन्छाउने काम जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?