Comments Add Comment

विवेकशील र साझा पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय !

रविन्द्र मिश्र र उज्जव थापाको बरियता बराबर

साझा पार्टीका रविन्द्र मिश्र र विवेकशील नेपालीका उज्जवल थापा ।

११ साउन, काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच बुधबार दिउँसो पार्टी एकताको घोषणा हुँदैछ । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी (वा दल) रहन सक्ने स्रोतले बतायो । यसको विकल्पमा ‘साझा विवेकशील पार्टी (वा दल) पनि प्रस्ताव भएको स्रोतको भनाई छ ।

पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय बनाउने सहमति भएको छ । केन्द्रीय समितिमा अहिले दुवै पार्टीबाट १७÷१७ जना राख्ने र पछि थप १७ जना मनोनित गरिनेछ ।

एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व रहने बताइएको छ । उनीहरुको अधिकार र बरियता समान रहने स्रोतले बतायो । उनीहरुको पदको नाम के राख्ने भन्नेमा छलफल जारी छ ।

वैचारिक र सैद्धान्तिक विषयहरु भने सबैजसो मिलिसकेका छन् । पहिले साझा पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र त्यसपछि औपचारिक एकता गर्ने सहमति छ । जतिसक्दो चाँडो महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी बनिसकेको छ ।

पहिलो चरणको स्थानीय चुनावमा साझा पार्टी र विवेकशील नेपालीले काठमाडौं उपत्यकामा राम्रो मत पाएका थिए । तर, दोस्रो चरणको चुनावमा काठमाडौं बाहिर उनीहरुले झनो मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment